+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कार्यकर्ता नछाडे हडताल सुरु गर्ने पहिचानवादीको चेतावनी 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते ११:२६

१६ जेठ, विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ ।

आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गरेको छ । यदि माग सम्बोधन नभए बुधबारबाट अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार प्रहरी नियन्त्रणमा रहेका २६ जनालाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइसकेको छैन । पक्राउ परेकाहरुलाई के गर्ने भन्ने निर्णय आज हुने उनले बताए । ‘हिजो सार्वजनिक विदा थियो,  मुद्दा चल्ने नचल्ने निर्णय आज हुन्छ,’ उनले भने, ‘मुद्दा चल्ने भयो भने म्याद थप गरेर अनुसन्धान गर्छौं ।’

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जारी गरेको विज्ञप्ति-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?