+
+

सहकारीमा कर बढाएकोप्रति महासंघ असन्तुष्ट, फिर्ता लिन माग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १८:०२

१६ जेठ, काठमाडौं । बजेटमार्फत बचत तथा ऋणको कारोबार गर्ने सहकारीको आयकर शत् प्रतिशत वृद्धि गर्ने सरकारको घोषणाप्रति राष्ट्रिय सहकारी महासंघले असन्तुष्टि जनाएको छ ।

सरकारले बजेटमार्फत वृद्धि गरेको आयकर फिर्ता नलिए संघर्षको कार्यक्रम गर्ने महासंघले बताएको छ  ।

मंगलबार महासंघले एक विज्ञप्ति जारी गर्दै आर्थिक अवस्था असामान्य भएको वर्तमान समयमा न्यून र मध्यम आयस्तर भएका नागरिकहरुबाट नै सञ्चालित सहकारीमा आयकर बढाउने निर्णय उचित नभएको बताएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेश गरेको आर्थिक विधेयकमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीको आयकर शत् प्रतिशतले बढाएको थियो ।

नगरपालिकाभित्र सञ्चालित बचत तथा ऋणको कारोबार गर्ने सहकारीको कर ५ बाट १० प्रतिशत, उपमहानगरभित्र सञ्चालित बचत तथा ऋणको कारोबार गर्ने सहकारीको कर ७ प्रतिशतबाट १५ प्रतिशत र महानगरभित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारीको कर १० बाट २० प्रतिशत पुर्‍याएको थियो । उक्त वृद्धि भएको कर फिर्ता लिनुपर्ने अन्यथा संघर्षको कार्यक्रम ल्याउने महासंघले बताएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?