
१७ जेठ, काठमाडौं । सरकारले उखु किसानको भुक्तानी समस्या समाधान गर्न सचिव नेतृत्वमा एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहने छन् ।
लामो समयदेखिको उखुको भुक्तानी नपाएको भन्दै कपिलवस्तु र कञ्चनपुरका किसान दुई सातादेखि काठमाडौंमा आन्दोलनरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4