
१७ जेठ, काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा राष्ट्रपति कार्यालय, शीतलनिवास अगाडि प्रदर्शन गरेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले १६ जना विद्यार्थी नेतालाई पक्राउ गरेको नेता कमलराज जोशीले बताए ।
जिल्ला प्रहरी परिसर, टेकुका एसपी सिताराम रिजालले चाहिं ८ जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको बताए।
उनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको हो’, उनले भने ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधयेक हालका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4