+
+

डा. रमेश बलायरको कविता संग्रह ‘मनको विम्बबाट’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १७:०२

काठमाडौं । डा. रमेश बलायरको कविता संग्रह ‘मनको विम्बबाट’ सार्वजनिक भएको छ । साहित्यकार पूर्वगृहसचिव गोविन्द कुसुम र आख्यानकार तथा लेखक बुद्धिसागरले काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरे ।

३७ वटा कविता संग्रहित पुस्तकलाई साझा प्रकाशनले प्रकाशन गरेको हो । कविता संग्रहमा लेखक डा. बलायरले आफ्ना जीवनका अनुभूतिलाई दर्शाउन खोजेका छन् । उनले कवितामा राष्ट्रप्रतिको चिन्ता, जीवनका भोगाइ, महिला सशक्तीकरणका कुरा र हालको राजनीतिक परिदृश्यलाई व्यंग्यात्मक ढंगबाट प्रस्तुत गरेका छन् । उनले कविताहरुमार्फत युवा जनशक्तिलाई सकारात्मक सोच र कार्यका लागि पे्ररित गरेका छन् ।

विमोचन कार्यक्रममा साहित्यकार डा. गोविन्द कुसुमले डोटीको विकट ठाउँमा जन्मिएर पनि लेखक बलायरले विभिन्न संघर्ष र लगनशीलताका साथ अमेरिका जस्तो देशको प्रतिष्ठित यूनिभर्सिटीमा आफूलाई चिनाउनु सबै नेपालीका लागि गर्वको विषय भएको बताए ।

समारोहमा आख्यानकार बुद्धिसागरले यस कविता संग्रहले आफूलाई समेत विगतमा फर्किएर आफ्नो जीवन संघर्ष र बाल्यकाललाई नियाल्न बाध्य बनाएको बताए । उनले कविता लेखनले मानिसलाई मनोरञ्जन मात्र दिने नभई यसले मानसिक स्वास्थ्य व्यवस्थापनमा पनि उत्तिकै भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?