+
+

‘आईएमई पे’ को नयाँ अफर : १४ रूपैयाँमा आइफोन १४ जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १८:४२

काठमाडौं | ‘आईएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘रु. १४ मा आइफोन १४’ नामक सो अफर १८ जेठदेखि ३० असार२०८० सम्म चल्ने छ ।

अफर अनुसार ग्राहकले आईएमई पे’ को ‘रु. १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु. १४ तिरेर खेल्न पाउने छन्।

आइफोन जित्ने ग्राहकको ‘आईएमई पे’ बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र फिर्ता हुने ‘आईएमई पे’ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?