+
+

‘द सेक्रेट्स अफ राधा’लाई फ्रान्सेली फेस्टिभलमा तीन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १३:५६

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर ‘द सेक्रेट्स अफ राधा’ले फ्रान्समा ‘ला फामे इन्डिपेन्डेन्ट फेस्टिभल’मा तीन अवार्ड जितेको छ । उक्त फेस्टिभलको सात विधामा मनोनयन भएको फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक र अभिनेत्री विधामा अवार्ड हात पारेको हो ।

फा्रन्सको राइभेरिया सहरमा आयोजित यो फेस्टिभल महिला फिल्मकर्मी र महिला चरित्रलाई प्राथमिकता दिने प्लेटफर्मको रुपमा चर्चित छ । निर्मात्री देवकी विष्टले फेस्टिभलमा फिल्मले तीन विधा जितेको जानकारी दिइन् । फिल्मले हराएका पति खोज्न निस्किएकी गर्भवती महिलाको कथा पेश गर्छ ।

यसअघि यो फिल्म चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको ११ औं नेफ्टा फिल्म अवार्डको १० विधामा मनोनित भएको थियो । नेफ्टामा फिल्म फिल्मसँगै निर्देशक, अभिनेत्री, सहायक अभिनेता, रङ संयोजन, छायांकन, सम्पादन, लेखन, भेषभूषा तथा शृंगारलगायत १० विधामा मनोनयनमा परेको छ । नेफ्टा साउन ६ गते अमेरिकामा हुँदैछ ।

‘द सेक्रेट्स अफ राधा’लाई अष्ट्रेलियापछि अमेरिकी राज्यमा समेत प्रदर्शन भइरहेको निर्मात्री विष्टले जानकारी दिइन् ।

नेपालमा भने हलमा रिलिज भएको एक सातामै निर्माताले यसलाई हटाएका थिए । हलले उचित शो नदिएको असन्तुष्टिस्वरुप चल्दाचल्दैको फिल्मलाई हटाइएको थियो । हालै यसको श्यामश्वेत संस्करणलार्ई नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?