+
+

देउवापुत्र जयवीर र कभर गायिका शिवानाले गरे इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १५:०४

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग औपचारिक रुपमा इन्गेजमेन्ट गरेका छन् । बिहीबार बेलुका आयोजित भव्य समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए ।

इन्गेजमेन्ट समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए । दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशीर्वाद दिएका छन् । इन्गेजमेन्टपछि आयोजित पार्टीमा अन्य अतिथि रमाइरहेको देख्न सकिन्छ ।

तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा बल्ल समारोह भएको हो । जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । आगामी भदौमा उनीहरुले विवाह गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

जयवीरले आफ्नै व्यवसाय चलाइरहेका छन् भने शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रसाधनको व्यवसाय गर्छिन् । उनी कभर गायिका समेत हुन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीतहरु सार्वजनिक गरिरहेकी छन् ।

तस्वीर : सामाजिक सञ्जाल टिकटकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?