१९ जेठ, काठमाडौं । सरकारले ३४ प्रकारका वस्तुमा अन्तःशुल्क कर थप गरेको छ । यसअघि अन्तःशुल्कको दायरामा नरहेका वस्तुहरुलाई अन्तःशुल्कको दरमा समेटेर सरकारले अन्तःशुल्क कर थप गरेको हो ।
आर्थिक विधेयक २०८० मा संशोधन गरेर सरकारले चिसो पेय पदार्थ, दाह्री काट्ने मेशिन, श्रृगांर सामग्री, चम्चा, काँटा, लगायतका वस्तुमा अन्तःशुल्क थप गरेको हो । सरकारले विद्युतीय चुरोटमा ३० प्रतिशत अन्तःशुल्क लगाएको छ ।
हल्का चिसो पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँले अन्तःशुल्क लगाएको छ । यस्तो पेय पदार्थमा सरकारको नयाँ व्यवस्थासँगै अब प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ ।
यसअघि अन्तःशुल्क लाग्ने सूचीमा नरहेको यो वस्तुमा सरकारले अन्तःशुल्कमा समावेश गर्दै अतिरिक्त २५ रुपैयाँ मूल्य लाग्ने बनाएको हो । आन्तरिक राजश्व विभागकाअनुसार यस्तो व्यवस्था पछि कोक, फेन्टा, स्प्राइट, ड्यु, पेप्सी लगायतका चिसो पेय पदार्थ महँगो हुनेछ ।
हेर्नुहोस् सूचीहरुः
वस्तु वा सेवाको विवरण | आव २०८०/८१ |
हल्का पेय पदार्थ | प्रति लिटर २५ |
बास्नायुक्त दूधजन्य पदार्थ | प्रति लिटर २५ |
इथाइलिनको पोलिमर | प्रति लिटर २५ |
भिनायल क्लोराइडको पोलिमर | ५ प्रतिशत |
आलुमिनियमका संरचनाहरु (स्ट्रक्चर्स) (शीर्षक ९४.०६ को पूर्वनिर्मित भवन बाहेक) र निर्माणमा प्रयोग हुने (जस्तै– पुल तथा पुलको खण्डहरु, टावरहरु, लाटिसका स्तम्भहरु, छानाहरु, छानाको ढाँचाहरु झ्याल ढोका र तिनका फ्रेमहरु, (संरचनाहरु), संघारहरु, वेदिकाहरु (व्यालुस्ट्रेड), खम्बाहरु र स्तम्भहरु); अलुमिनियम संरचनामा प्रयोगको लागि तयार गरिएका पाता, छड, कोण, आकारहरु, टुक्राहरु, नली वा त्यस्तै सामानहरु । | ५ प्रतिशत |
दाह्री काट्ने यन्त्र र त्यसका पत्तीहरु (स्ट्रीपको रुपमा भएका खाली पत्ती (ब्लेडब्ल्याङ्क) समेत) | ५ प्रतिशत |
अन्य पार्टपूर्जाहरु | ५ प्रतिशत |
छुरा, कैंची, चक्कु काँटा जस्ता ( कटलरी) सामान ( जस्तै-कपाल काट्ने (हेयर क्लिपर), कसाहीको वा भान्साको स्यांगी, क्लिभर ) चौपर (टुक्रयाउने) र कुट्क्याउने (मिन्सिङ) चक्कु, कागज काट्ने स्यांगीहरु हात र नङको उपचार गर्ने वा पादावेक्षा (पेडीक्योर ) सेट र औजारहरु ( नङमा लाउने रेती समेत) | ५ प्रतिशत |
कागज काट्ने स्यांगी लेटर ओपनर, केर्ने मेट्ने स्यांगी (इरेजिङ्ग नाइफ), सिसाकलम तिखार्ने (पेन्सिल सार्पनर र तिनका पत्तीहरु) | ५ प्रतिशत |
कागज काट्ने स्यांगी, लेटर ओपनर, केर्ने मेट्ने स्यांगी, (इरेजिन नाइफ) र तिनका पत्तीहररु | ५ प्रतिशत |
हात र नङको उपचार गर्ने वा पादावेक्षा सेट र औजारहरु (नङमा लाउने रेती समेत) | ५ प्रतिशत |
अन्य | ५ प्रतिशत |
चम्चा, काँटा, डाडु (लेडल), तर झिक्ने डाडु (स्कीमर), केक पस्कने, माछा काट्ने स्यांगी, नौनी झिक्ने स्याड़ी चीनी झिक्ने चिम्टा (टोक्स) र यस्तै भान्सा वा टेबुल(भोजन) मा प्रयोग हुने सामानहरु | ५ प्रतिशत |
कम्तीमा एउटा सामान बहुमूल्य धातुको जलप लगाइएको ( प्लेटेड ) मिश्रित सामानका सेटहरु | ५ प्रतिशत |
मिश्रित सामानहरुका अन्य सेटहरु | ५ प्रतिशत |
बहुमूल्य धातुको जलप लगाइएका (प्लेट) | ५ प्रतिशत |
अन्य | ५ प्रतिशत |
ताल्चा (प्याड्लक) | ५ प्रतिशत |
फर्निचरमा प्रयोग हुने खालका तल्लचाहरु (लक्स) | ५ प्रतिशत |
चुम्बकीय पट्टी भएका कार्डहरु | ३० प्रतिशत |
इलेक्ट्रोनिक चुरोटहरू (सिगरेट्स) र यस्तै प्रकारका व्यक्तिगत विद्युतीय वाष्पीकरण (भेपोराइजिङ) गर्ने साधनहरूका पार्टपूर्जा | ८० प्रतिशत |
सिलिण्डर क्षमता ४०० सीसी ना३को तर ५०० सीसी नना३को इन्धन लकम्बसन पिष्टोन इन्जिन इन्जिन | ८० प्रतिशत |
सिलिण्डर र क्षमता ४०० सीसी ना३ को तर ५०० सीसी नना३ को इन्धन लकम्बसन पिष्टोन इन्जिन | ८० प्रतिशत |
अन्य | ८० प्रतिशत |
मनोरञ्जन उद्यानका सवारीहरू तथा जल उद्यानका मनोरञ्जनका साधनहरू | १० प्रतिशत |
अन्य | १० प्रतिशत |
मेला क्षेत्रका मनोरञ्जनका साधनहरू | १० प्रतिशत |
अन्य | १० प्रतिशत |
मेला क्षेत्रका मनोरञ्जनका साधनहरू | १० प्रतिशत |
घुम्ती रङ्गमञ्चहरू (ट्राभलिङ् थिएटर्स) | १० प्रतिशत |
अत्तरका पचकाहरु (सेन्ट स्प्रजे ) र यस्तै सफाइ र श्रृङ्गासरिक पिचकाहरु र तिनका माउण्ट्स हेड्स; श्रृङ्गारिक वा सफाइका प्रयोगका पाउडर पफ्स र प्ययड्स । | ५ प्रतिशत |
अत्तरका पचकाहरु र यस्तै श्रृङ्गारिक पचकाहरु र तिनका माउण्ट्स र हेड्स | ५ प्रतिशत |
श्रृंगार प्रशाधन वा सरसफाइका सामानहरु प्रयोग गर्न (लगाउन) को लसिग पाउडर–पफ्स र प्याड्स | ५ प्रतिशत |
तयारी भ्याकुम फ्लाक्स | ५ प्रतिशत |
प्रतिक्रिया 4