
काठमाडौँ । गायक सुजन शिवाकोटीले भुक्के चप्पल बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । गायक स्वयमकै शब्द तथा संगीत रहेको गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय रहेको छ ।
भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् ।
युवा उद्यमी समेत रहेका गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।
प्रतिक्रिया 4