+
+
Shares
कविता :

काण्ड

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०८० जेठ २० गते २१:०७

काण्ड
फेरि काण्ड
एक अर्को
ठूलो काण्ड !

प्याज जस्तै
बन्दागोभी जस्तै
पत्रैपत्र
एक पछि अर्को
अर्को पछि अर्को
सात पत्रे जस्तै
काण्डै काण्ड !

यस्तो लाग्छ
यी कानले कुनै काण्डको
कहानी नसुनी
नसुत्ने भैसके
मन नभुल्ने भैसक्यो
आँखा नजाग्ने भैसके
मुख नथाक्ने भैसक्यो

हो
काण्डले
रिस ल्याउँछ
आवेगको वेग बढाउँछ
आक्रोशको पारो चढाउँछ
सञ्जाल तताउँछ
‘ट्रोल’ बनाउँछन्
‘भ्यूज’ बढाउँछ
समाचार बिकाउँछ

काण्ड
नआउँदा
चाल नपाउँदा
वा
यसै सेलाउँदा
अथवा
त्यसै
तैँ चुप मैँ चुप भई
गुपचुप रहँदा
हामीले
सामाजिक सञ्जालमा
गालि गर्ने कस्ला ?
खसाल्ने कस्ला ?
भूइँमा थेचार्ने कस्ला ?
चिथोर्ने कस्ला ?
निचोर्ने कस्ला ?

हामीलाई
तताउन
गफिन
समय बिताउन
तल्लिन पार्न
चियाका चुस्की सँगै
साथीसँग
लौ जा यो देश डुबाए भन्ने हेक्का दिलाउन
वा
विदेश नजानु भूल भएछ भन्ने पार्न
वा देश सप्रिंदैन अब भन्ने पार्न
सतीको सराप सम्झन
शहीदको सपना पूरा भो त प्रश्न तेर्साउन
नयाँ नेपाल यहीँ हो त हेक्का दिलाउन
हर बखत
हर खण्ड
एक काण्ड पाइएको छ !
काण्डै काण्डको कथा पढिएको छ
इतिहास भरिएको छ ।
इतिहास जो भरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?