+
+

लगानीकर्ताले गराए टीएमएस बन्द, शेयर कारोबार प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते ११:०९

२१ जेठ, काठमाडौं । लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गरिदिएपछि शेयर कारोबार प्रभावित भएको छ ।

आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् ।

उनीहरुले कुनै ब्रोकरले टिएमएस खोलेका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित ब्रोकरले नै लिनु पर्ने चेतावनीसहितको सूचना ब्रोकर कार्यालयमा टाँसेका हुन् ।

टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् ।

अहिले तिर्दै आएको ५ र ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?