+
+
Shares

नीरफूलमा काम गर्दा तामाङ संस्कृतिलाई नजिकबाट बुझ्‍न पाएँ : दयाहाङ राई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते ११:३६
अभिनेता दयाहाङ राई । फाइल तस्वीर

काठमाडौं । दयाहाङ राईको शीर्ष भूमिका रहेको फिल्म ‘नीरफूल’ जेठ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मबारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकारसहित निमार्ता, निर्देशक उपस्थित रहे ।

प्रेसमिटमा दयाहाङले नीरफूल मौलिक कथा र बिरलै हुने घटनामा आधारित रहेको र यसको स्क्रिप्ट पनि बलियो रहेको बताए । यो फिल्ममा काम गर्दा तामाङ संस्कृतिलाई नजिकबाट चिन्ने मौका पाएको उनले बताए ।

‘तामाङहरुमा पनि बुद्धिजम र तान्त्रिजम गरी दुईवटा समुदाय रहेछ । विवाहबाट यी दुई समुदाय जोडिएपछिको पारिवारिक संरचनादेखि उनीहरु नामाकरण तथा अन्य धेरै संस्कृतिहरु पनि यो फिल्ममा देख्न पाइन्छ,’ दयाहाङले भने ।

दयाहाङले फिल्मले पहिचानको मुद्दालाई बलियोसँग उठाएको समेत बताए । ‘मुलुकमा बेरोजगार एक नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँ नै नभेटिनुजस्तो विडम्बना के हुन सक्छ ?’ उनले भने, ‘नीरफूलमा भूकम्पले निम्त्याएको बिनासको घटना भए पनि यसको कथा अर्कै छ ।’

दयाहाङले नीरफूलमा आफ्नो थातथलो नेपालको नक्साबाटै गुमेको र भूकम्पपछि आफ्नो परिवार नै हराएको पात्रको भूमिका निर्वाह गरेका छन् ।

फूलमान बल निर्देशित फिल्ममा दयाहाङसँगै शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिग्मे छ्योंकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा,  विजय लामालगायतले अभिनय गरेका छन् । रेखा थापाको यो फिल्ममा केमियो भूमिकामा छिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?