+
+

५०० करोडमा बनेको प्रभासको ‘आदिपुरुष’ले रिलिजअघि नै कमायो ४३२ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते ११:५४

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास आफ्नो आगामी फिल्म ‘आदिपुरुष’लाई लिएर चर्चामा छन् । ५०० करोड भारुको बजेटमा बनेको यो फिल्ममा उनको अपोजिटमा बलिउड अभिनेत्री कृति सेनन छिन् ।

फिल्मको टिजरमा केही आलोचना खेपेको ‘आदिपुरुष’ले ट्रेलरमा भने कमजोरी सुधार गर्‍यो । बहुप्रतीक्षित मानिएको यो फिल्मलाई लिएर अर्को नयाँ खबर सार्वजनिक भएको छ, आदिपुरुषले रिलिजअगावै आफ्नो लगानी ८५ प्रतिशत उठाइसकेको छ ।

यही १६ जुनमा रिलिज हुने फिल्मले स्याटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र थिएट्रिकल न्यूनतम ग्यारेन्टी गरी ४३२ करोड कमाइ गरिसकेको भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले जनाएको छ ।

ओम राउत निर्देशित आदिपुरुषमा सैफअलि खान र सन्नी सिंहको पनि मुख्य भूमिका छ । मूलतः तेलुगू भाषामा बनेको फिल्मलाई हिन्दी, तमिल, कन्नड, मलयालम भाषामा पनि रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?