+
+

मध्यबानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १७:४३

काठमाडौं । सामसङले काठमाडौंको मध्यबानेश्वरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । । कम्पनीका अनुसार यो सर्भिस सेन्टर सामसङको २१औं सर्भिस सेन्टर हो ।

नयाँ सर्भिस सेन्टर शुभारम्भ कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङजुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आईएमएसका सेल्स हेड कैलाश अइयरको समेत सहभागिता रहेको थियो ।

बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकका लागि निरन्तर रूपमा ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यका भित्र ५ र उपत्यका बाहिर १५ वटा गरी कुल २० वटा सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको कम्पनीको भनाइ छ ।

बानेश्वरमा शुभारम्भ गरिएको २१औं सर्भिस सेन्टरबाट पनि ग्राहकलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । यस सर्भिस सेन्टरबाट बानेश्वर लगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?