+
+

सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा विद्यार्थीले गरे तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १८:०८

२२ जेठ, जनकपुरधाम । चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरुले सोमबार सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

इन्ष्टिच्युटबाट नाराबाजी गर्दै पालिका कार्यालय पुगेका विद्यार्थीले टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन् । तोडफोडबाट पालिकाको एउटा डोजर र कार्यालयमा सामान्य क्षति पुगेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलाश राईले बताए । क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए ।

विद्यार्थीहरुले वडा नं. २ बबरगञ्जमा रहेको गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमाथि पनि ढुंगामुढा गरेको उनका स्वकीय सचिव उमेश साहले बताए ।
विद्यार्थीहरुले नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रिन्सिपल नियुक्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।

२०७६ सालमा स्थापना भएको इन्ष्टिच्यूटको शिक्षक अभावका कारण पठनपाठन नियमित हुन सकेको छैन । आफू निर्वाचित भएर आएपछि सुधार गर्न खोज्दा केही व्यक्तिले विद्यार्थीलाई उचालेर सार्वजनिक सम्पत्ति तोडफोड गराएको गाउँपालिका अध्यक्ष महतोले बताए ।

गाउँपालिकाले सोमबार एक विज्ञप्ति जारी गरी अध्यक्ष दुईदिनदेखि बाहिर रहेको मौकामा कार्यालय तथा घरमा तोडफोड गरेको र गाउँपालिकाका कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिकमाथि हातपात गरिएको भन्दै विरोध जनाएको छ ।

प्रेस विज्ञप्तिमा तोडफोड र कुटपिटको घटनामा संलग्नमाथि कारबाहीको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?