+
+

क्रिकेटले यसरी ‘मुक्ति’ दिइरहेको छ भारतका भिक्षुहरुलाई

बीबीसीबाट अनुदित बीबीसीबाट अनुदित
२०८० जेठ २२ गते १८:५१
स्काल्जाङ कल्याण दोर्जे (बाया) र स्टानजिन नाम्गेल (दाया) ।

२२ जेठ, काठमाडौं । अष्ट्रेलियाका महान क्रिकेटर स्टिभ वगले एकपल्ट भनेका थिए– भारतका लागि क्रिकेट धर्म हो भने पूर्व ब्याटर सचिन तेन्दुलकर भगवान हुन् ।

तर, के वास्तवमै धर्मलाई क्रिकेटसँग जोड्न मिल्छ त ?

हिमालयको काखमा, विशाल र कोलाहालयुक्त शहरबाट धेरै टाढा तिव्बती भिक्षुहरुको एक समूह माइनस तापक्रम, थोरै संख्या र विकट क्षेत्रमा क्रिकेट खेलिरहेका छन् ।

किन ?

‘हामीले आफ्नो प्रार्थानामा ध्यान केन्द्रित गर्नुपर्छ । त्यसैले क्रिकेट एक मुक्तिको माध्यम हो,’ लद्दाखको थिक्से गुम्बाका एक भिक्षु स्टानजिन नाम्गेल भन्छन्, ‘हाम्रो लागि लद्दाखमा क्रिकेट र भिक्षु विशेष हुन्छ । यो एक उत्सवजस्तै हो ।’

गुम्बाका भिक्षुहरुले स्काल्जाङ कल्याण दोर्जेसँग भेटेपछि क्रिकेट खेल्न सुरु गरेका हुन् । दोर्जे भारतको प्रमुख टी–२० क्रिकेट लिग खेल्ने यो क्षेत्रका पहिलो क्रिकेटर हुन् ।

‘क्रिकेट मेरा लागि सबैथोक हो,’ दोर्जेले बीबीसी स्पोर्टससँग भने, ‘क्रिकेट मेरो जीवन हो ।’

यद्यपि लद्दाखमा एक टिम बनाएर प्रतियोगिता खेल्नका लागि रुची राख्ने खेलाडीहरु पर्याप्त संख्यामा पाउन सहज छैन । त्यसैले गुम्बाका भिक्षुहरुसँग दोर्जेको विशेष सम्बन्ध परिवर्तन भइरहन्छ ।

‘क्रिकेट आएपछि हामीले धर्म भुल्छौं’

भिक्षुहरुको कौशल र ज्ञान तत्कालै स्पष्ट थिएन । तर, दोर्जेका लागि पछिल्लो् अनुभवले यसलाई सार्थक बनाएको छ ।

‘हामी गुम्बामा बलर वा ब्याटर जे खोज्छौं, हामीले पाइरहेका हुन्छौं,’ टूर गाइडको काम गर्ने दोर्जे भन्छन्, ‘उनीहरुसँग कुनै विशिष्ट कौशल वा प्राविधिक ज्ञान हुँदैन । तर, उनीहरु भावुक छन् र खेल्न चाहन्छन् ।’

‘जव प्रतियोगिता नजिकिन्छ हामी धर्म नै बिर्सिन्छौं । चाहे उनीहरु भिक्षु हुन्, मुस्लिम हुन्, हिन्दु हुन् या बौद्ध हुन्, त्यसको मतलब हुँदैन । हामी एक टिम हौं । कसैलाई धर्मका आधारमा विशेष व्यवहार गरिँदैन’, दोर्जेले थपे ।

नाम्गेलले यसलाई एक भावनाका रुपमा दोहोर्‍याए । ‘हामी आफ्नो कर्तव्य र प्रार्थनाको पालना गछौं र गएर गली क्रिकेट खेल्छौं,’ उनले भने, ‘भौगोलिक अवस्थाका कारण यो क्षेत्रमा खेल्न सहज छैन तर, हामी ब्याटिङ र फिल्डिङ राम्ररी गर्न सक्छौं । हार्ने टिमले गुम्बाको सरसफाइ र रातको खाना पकाउनुपर्छ ।’

जाडो मौसममा माइनस २५ डिग्रीमा आइस क्रिकेट

आधारभूत सुविधासमेत नपुगेको यो क्षेत्रमा अहिले पनि स्तरीय क्रिकेट खेल्न परिस्थिति र चुनौतिहरु उनीहरुसँग थुप्रै छन् ।

‘हामीसँग एउटा सिमेन्टेट पीच छ । त्यसमा म्याट विछ्याउँछौं । क्रिकेट बलले खेल्छौं’, भारतका पूर्व खेलाडी युवराज सिंहलाई आफ्नो आदर्श मान्ने दोर्जेले प्रष्ट पारे, ‘मैले पूरा लद्दाखमा खेलेको छु । कहिलेकाहीँ २३० किलोमिटरको यात्रा गरेको छु । बिहान ३ बजे उठेर ९ बजेसम्म खेल्छु र फर्किन्छु । म कुनै पनि प्रतियोगिता छुटाउँदिन ।’

परम्परागत रुपमा क्रिकेट खेल्न सकिने गरी मौसमले सधैं साथ दिँदैन ।

‘जाडो मौसममा हामी हिउँमाथि खेल्छौं । हिउँ परिरहेको समयमा पनि हामी खेल्छौं’, दोर्जेले थपे, ‘जनवरीमा प्रतियोगिता भयो भने त्यतिबेला धेरै नै जाडो हुन्छ । तापक्रम माइनस २० देखि २५ डिग्रीसम्म पुग्छ । हामी डाउन ज्याकेटमाथि जर्सी लगाएर खेल्छौं । त्यतिबेला हामीलाई बल आफूनजिक नआइदिए हुन्थ्यो जस्तो लाग्छ ।’

नाम्गेल पाँचपल्टको आईपीएल च्याम्पियन मुम्बई इण्डियन्सका समर्थक हुन् । उनी आफू सम्भव भएसम्म क्रिकेटमा समर्पित हुन चाहन्छन् । उनले रुख काटेर आफ्नै ब्याटसमेत बनाएका छन् ।

‘क्रिकेट हाम्रो दिनचर्याको हिस्सा बनिसकेको छ’, उनले भने, ‘गुम्बामा भिक्षुका रुपमा हाम्रो दैनिकी कडा छ । तर, साँझ ४–६ बजेको समय खेलका लागि हो । सबैजना क्रिकेट टिममा रहन चाहन्छन् । कसैले अवसर पाएन भने उनीहरु निराश हुन्छन्, रिसाउँछन् । हाम्रा सिनियरहरुले यसको शारीरिक र मानसिक फाइदाका बारेमा बुझाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?