+

रोहित र शुभमनको शतकमा भारतको विशाल अग्रता

२०८० फागुन  २५ गते १८:४४ २०८० फागुन २५ गते १८:४४
रोहित र शुभमनको शतकमा भारतको विशाल अग्रता

२५ फागुन, काठमाडौं । कप्तान रोहित शर्मा र शुभमन गिलको शतकमा भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङमै विशाल अग्रता कायम गरेको छ ।

दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङमा ४७३–८ को अवस्थामा छ । भारतले पहिलो इनिङमा २५५ रनको अग्रता लिइसकेको छ ।

भारतका शुभमन गिल १५० बलमा १२ चौका र ५ छक्कासहित ११० रनको शतकीय इनिङ खेल्दै आउट भए ।

रोहित शर्मा १६२ बलमा १३ चौका र ३ छक्कासहित १०३ रनको शतकीय इनिङ खेलेका थिए ।

देवदत्त पाडिक्कल ६५, शरफराज खान ५६ र यशस्वी जैसवाल ५७ रनमा आउट भए ।

इंग्ल्यान्डका शोएब बसिरले ४, टम हार्टलीले २, जेम्श एन्डरसन र बेन स्टोक्सले १–१ विकेट लिएका छन् ।

त्यसअघि पहिलो दिन धर्मशालामा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड २१८ रनमा अल आउट भएको थियो ।

इंग्ल्यान्डका ओपनर ज्याक क्रलीले १०८ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनमा आउट भए ।

ओपनर बेन डकेट २७, ओली पोप ११, जो रुट २६, जोनी बेयरस्टो २९ र बेन फोक्स २४ रनमा आउट भए ।

भारतका कुलदीप यादवले ५ र रविचन्द्रन आश्विनले ४ विकेट लिए । पाँच खेलको टेस्ट सिरिजमा भारतले ३-१ ले जितिसकेको छ ।

भारत पहिलो खेलमा २८ रनले पराजित भए पनि त्यसपछि १०६ रन, ४३४ रन र ५ विकेटको जितका साथ सिरिज जितेको थियो ।

भारतीय क्रिकेट रोहित शर्मा शुभमन गिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय