+
+

भारतले श्रेयस र ईशानलाई खेलाडी वर्गीकरणमा राखेन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते २०:०५

१६ फागुन, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आफ्नो वार्षिक केन्द्रीय खेलाडी वर्गीकरण (सेन्टल कन्ट्राक्ट)बाट दुई प्रमुख ब्याटर श्रेयस ऐर र ईशान किशनलाई बाहिर राखेको छ ।

भारतीय टोलीबाट राम्रो प्रदर्शन गरे पनि खाली समयमा घरेलु क्रिकेट खेल्न अस्वीकार गर्दा उनीहरु बाहिर हुनु परेको हो ।

ऐरले मुम्बई र किशनले झारखण्डबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । ऐरले भारतको चर्चित घरेलु क्रिकेट रणजी ट्रफीको क्वाटरफाइनलमा ब्याक इन्जुरीको कारण बरोडासँगको क्वाटरफाइनल खेल्न नसक्ने जनाएका थिए ।

मार्च २ मा हुने तामिल नाडुविरुद्ध सेमिफाइनलको लागि ऐर उपलब्ध हुनेछन् । उनी गतवर्ष ग्रेड बी मा थिए ।

यता गतवर्ष ग्रेड सी मा रहेका ईशान किशन पनि हटेका छन् । ईशानले ब्यक्तिगत कारण खेल्न नसक्ने बताउँदै आएका थिए ।

भारतका मुख्य प्रशिक्षक राहुल द्रविडले किशनलाई रणजी खेल्न भने पनि अस्वीकार गरेको भारतीय मिडियाहरुले जनाएका थिए ।

अन्तर्राष्ट्रिय खेल नहुँदा घरेलु क्रिकेट खेल्नु पर्ने बीसीसीआईले आफ्नो अडान कायम राख्दै प्रेस विज्ञप्तिमै जनाएको छ ।

चेतेश्वर पुजारा, उमेश यादव, शिखर धवन, दीपक हुडा र युजभेन्द्र चहल ग्रेडबाट बाहिरिएका छन् । यशस्वी जैसवाल पहिलो पटक ग्रेडमा परेका छन् ।

चोटबाट फिट हुनेक्रममा रहेका ऋषभ पन्तलाई पनि भारतले ग्रेडमा राखेको छ ।

भारतको प्लस ए ग्रेडमा रहने खेलाडीले वार्षिक ११ करोड २० लाख नेपाली रुपैयाँ (७ करोड भारु) प्राप्त गर्दछन् ।

त्यस्तै ए ग्रेडमा पर्ने खेलाडीले वार्षिक ८ करोड नेपाली रुपैयाँ (५ करोड भारु), बी ग्रेडमा अट्नेले ४ करोड ८० लाख रुपैयाँ (३ करोड भारु), र सी ग्रेडका खेलाडीले १ करोड ६० लाख रुपैयाँ (१ करोड भारु) पाउने गर्दछन् ।

भारतको २०२३ अक्टोबर देखि २०२४ सेप्टेम्बर सम्म ग्रेडमा अटेका खेलाडीहरु ।

प्लस ए ग्रेड – रोहित शर्मा, विराट कोहली, जस्प्रित बुमराह र रविन्द्र जडेजा ।

ग्रेड ए – रविचन्द्रन आश्विन, मोहम्मद शामी, मोहम्मद शिराज, लोकेश राहुल, शुभमन गिल र हार्दिक पान्ड्या ।

ग्रेड बी – सूर्यकुमार यादव, ऋषभ पन्त, कुलदीप यादव, अक्षर पटेल र यशस्वी जैसवाल ।

ग्रेड सी – रिंकु सिंह, तिलक बर्मा, ऋतुराज गायकवाड, शार्दुल ठाकुर, शिवम दुबे, रवि विश्रोई, जितेश शर्मा, वासिन्टन सुन्दर, मुकेश कुमार, सन्जु स्यामसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्णा, आवेश खान र रजत पाटीदार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?