+
+

स्पिनरको उच्च प्रदर्शनमा भारतको मजबुत प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १९:०७

२४ फागुन, काठमाडौं । घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ ।

पहिलो दिन धर्मशालामा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड २१८ रनमा अल आउट भयो ।

ओपनर ज्याक क्रलीले १०८ बलमा ११ चौका र १ छक्कासहित ७९ रनको इनिङ खेल्दै राम्रो सुरुवात दिलाएका थिए ।

एक समय इंग्ल्यान्ड ३७.१ ओभद्धरमा १३७-२ को मजबुत अवस्थामा थियो । तर कुलदीप यादव र रविचन्द्रन आश्विनले उत्कृष्ट बलिङ गर्दै भारतलाई खेलमा सानदार रुपमा फर्काएका थिए ।

ओपनर बेन डकेट २७, ओली पोप ११, जो रुट २६, जोनी बेयरस्टो २९ र बेन फोक्स २४ रनमा आउट भए ।

भारतका कुलदीप यादवले ५ र रविचन्द्रन आश्विनले ४ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले १ विकेट लिए ।

भारत पहिलो इनिङमा पहिलो दिनको खेल सकिँदा १३५-१ को अवस्थामा छ ।

भारतका रोहित शर्मा ८३ बलमा ६ चौका र २ छक्कासहित ५२ र शुभमन गिल २६ रनमा नट आउट छन् ।

यशस्वी जैसवाल ५८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाउँदै आउट भए ।

पाँच खेलको टेस्ट सिरिजमा भारतले ३-१ ले जिति सकेको छ । भारत पहिलो खेलमा २८ रनले पराजित भए पनि त्यसपछि १०६ रन, ४३४ रन र ५ विकेटको जितका साथ सिरिज जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?