+
+

लिम्बू समुदायको कथामा बनेको फिल्म ‘लुंगा’ साउन ५ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १३:५७

काठमाडौं । ब्लकबस्टर फिल्म ‘जारी’मा लिम्बू समुदायको मर्मस्पर्शी कथा हेरेका दर्शकले नयाँ फिल्म ‘लुंगा’मार्फत लिम्बू समुदायकै नयाँ कथा हेर्न पाउने भएका छन् । किरण राईले निर्देशन गरेको यो फिल्मले साउन ५ गतेलाई रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको छ ।

निर्देशक राईले पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको रोचक कथालाई यसमा समेटिएको बताए । फिल्ममा बुद्धि तामाङ, भुवनसिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिखिम, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल र सलिना गुरुङको अभिनय छ ।

पोस्टरमा फिल्मका शीर्ष कलाकारलाई समेटिएको छ । आगामी साता आयोजनामा हुने तयारीमा रहेको दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा फिल्मको प्रिमियर गर्ने तयारी छ । फिल्मको निर्मातामा सञ्जीव राई र प्रयास घिमिरे छन् ।

भुवनसिंह राईले लेखेको कथालाई भुवनसिंह, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा तथा संवाद लेखेका हुन् । ज्योतिराज राईको निर्माण कम्पनी भूमिशा प्रोडक्सनले फिल्म निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?