+
+

केपी ओलीको प्रश्न : गाँजा खेती कसलाई चाहियो ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १५:१९

२३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणामाथि प्रश्न उठाएको छ ।

बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै संसदमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरे, ‘…कसले गर्न खोजिराख्या छ यो गाँजा खेती ? यो कसका लागि गाँजा खेती ? अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ?’

गाँजा खेतीको पछाडि व्यक्तिहरु रहेको र उनीहरुले वैधानिकता खोजिरहेको उनले बताए । कतिपय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गाँजा खेती हुँदा कतिपयको जीविकोपार्जन हुने भन्ने लागेको हुनसक्ने उल्लेख गर्दै ओलीले नियन्त्रित गाँजा खेतीको विषय भएको बताए ।

तर सरकारको रेखदेखमा गाँजा खेती गर्ने विषय अनौठो रहेको उनले बताए । ‘गाँजाको बीउ लिएर बसेको व्यापारी को हो ?’ उनको प्रश्न छ । जनताका विषय भन्दा पर यो विषय रहेको उनको जिकिर छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?