 
																			२३ जेठ, काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन मेयर हरिजंग शाही र उपमेयर सुन्तला रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा २२ लाख ३६ हजार ४८२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नगरपालिकाको वडा नं ७ स्थित विसौनीदेखि किउरीसम्मको सडकमा उपभोक्ता समितिले नगरेको काम गरेको भनेर रकम भुक्तानी सिफारिस गरेको आरोप उनीहरुमाथि रहेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । तत्कालिन मेयर र उपमेयरसँगै वडा नं ७ कि वडासदस्य पशुपति शाही, उपभोक्ता समितिकी अध्यक्ष रामप्यारी शाही, सचिव सादना मल्ल र कोषाध्यक्ष नानी कामीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जनप्रतिनिधिहरुले बाटो निर्माणको भुक्तानीको क्रममा उपभोक्ता समितिबाट वास्तविक रुपमा नभएको, नगरेको कामलाई कार्यसम्पन्न भएको भनी बदनियतपूर्वक भुक्तानीको लागि सिफारिस गरेको, अनुगमन समितिको प्रतिवेदन नै नभएको अवस्थामा बदनियतपूर्वक भुक्तानीको कारवाही अगाडि बढाउन आदेश गरेको अख्तियारले बताएको छ ।
उपभोक्ता समितिका पदाधिकारीले नगरेको काम गरेको भनेर नापी किताबमा चढाउन लगाई गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता समितिको बिल तयार गर्न लगाई गैरकानुनी लाभ लिएको अख्तियारको भनाइ छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4