+
+

वैशाख-जेठका १२ फिल्म : ४२ हजार कमाउनेदेखि ब्लकबस्टरसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते ११:४६

काठमाडौं । २०८० सालको सुरुवाती दुई महिनामा नेपाली बक्स अफिसमा दुई भिन्न परिदृश्य देखिए । वैशाखमा फिल्म ब्लकबस्टर र हिट भइरहँदा जेठ महिना घरेलु फिल्मका लागि सुख्खा रह्यो ।

चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस तथ्यांकमा कमाइको यो ‘असमानता’ देखिन्छ । उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ले १६ करोड ३३ लाख रुपैयाँ ग्रस कमाउँदा वर्षा सिवाकोटीको ‘ए साथी सुन’ले जम्मा ४२ हजार ११५ रुपैयाँ मात्रै कमाउन सक्यो ।

जेठमा रिलिज भएको ‘डाकिनी’ जम्मा पाँचवटा मल्टिप्लेक्समा मात्र रिलिज भएको थियो । यो फिल्मको कुल ग्रस ७ लाख ३८ हजार रुपैयाँ छ । यो कमाइबाट निर्माताले पाँच लाख रुपैयाँ सेयर प्राप्त गरेका छन् ।

‘हुक्का : एन अब्जर्ड ड्रिी’को कुल ग्रस दुई लाख १९ हजार मात्र छ । ‘टुल्की’ले तीन लाख १७ हजार रुपैयाँ मात्रै कमाउन सक्यो । ‘हल्कारा’को कुल ग्रस ६ लाख ३६ हजार छ । आगामी शुक्रबार दुई नेपाली फिल्महरु ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’ रिलिज हुँदैछन् ।

वैशाखमा कुनले कति कमाए ?

वैशाख समग्रमा नेपाली फिल्मका लागि सन्तोषजनक रह्यो । जारीले १६ करोड ३३ लाख रुपैयाँ ग्रस कमाउँदा ‘बुलाकी’ले आठ लाख ५३ हजार, डकुमेन्ट्री ‘पासाङ’ले चार लाख २५ हजार रुपैयाँ ग्रस कलेक्सन गरे ।

‘नाइँ नभन्नु ल ६’ले २२ लाख ८ हजार, ‘प्रसाद २’ले ७८ लाख ६७ हजार, ‘कैदीको पत्र’ले एक लाख ६० हजार रुपैयाँ, ‘ज्याकी : आई एम ट्वान्टी वान’ले ५० लाख ६८ हजार रुपैयाँ ग्रस कमाउन सके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?