+
+
Shares

‘अवार्ड खरिद गर्न सकिन्छ’ भनेकी श्रद्धाको हातमा अवार्ड !

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १२:२०

काठमाडौं । गत वैशाख ३१ गते रिलिज भएको फिल्म ‘कृष्णलीला’बाट डेब्यु गरेकी अभिनेत्री श्रद्धा क्षेत्रीले फेसबुकमा लेखिन्, ‘अवार्ड खरिद गर्न पनि सकिन्छ, तर इनाम भने कमाउनुपर्छ ।’

सिने सर्कल अवार्डमा आफूले अवार्ड नपाएपछि क्षेत्रीले यस्तो विवादास्पद प्रतिक्रिया दिएकी थिइन् । अवार्ड खरिद गर्न सकिने बताएपछि उनको यो बोलीलाई कतिपयले समर्थन गरे भने कतिले नपाएको झोंक भनेर टिप्पणी पनि दिए ।

अवार्ड खरिद गर्न सकिने भनेर बोलेपछि यसले मनोरञ्जन वृत्तमा चर्चा पनि चल्यो । तर यो सबथोकपछि श्रद्धाले केही दिनअघि काठमाडौंमा आयोजित एक भारतीय अवार्ड भने ग्रहण गरेकी छन् । उनले उक्त अवार्डको ट्रफी उचालेको तस्वीर फेसबुकमा सेयर गरेकी छन् ।

अवार्ड किन्न सकिन्छ तर इमान सकिंदैन भन्ने अभिव्यक्ति दिएको एक महिना नहुँदै श्रद्धाको यो तस्वीरले एकैसाथ धेरै कुरा बताउँछ । उनको यो तस्वीरले भनाइ र गराइमा अन्तरविरोध देखिन्छ ।

कामको कुरा गर्दा डेब्यु फिल्म कृष्णलीला असफल भएपछि श्रद्धा अहिले अर्को फिल्मको खोजीमा छिन् । पछिल्लो गीत ‘मेसो मिलाएर’ले उनलाई चर्चा दिलायो ।

तस्वीर : सुरेन्द्र थापा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?