+
+

ह्याकरको निशानामा जहाजको टिकट काट्ने ट्राभल एजेन्सी, प्रहरीले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १३:५०

२४ जेठ, काठमाडौं । नेपालमा विभिन्न हवाई कम्पनीको टिकट बिक्री वितरण गर्ने ट्राभल एजेन्सीहरुलाई ह्याकरले लक्षित गरी आक्रमण सुरु गरेको भन्दै नेपाल प्रहरीले सचेत गराएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोर्डलाई मंगलबार एक पत्र लेख्दै यस्तो जानकारी गराएको हो । ट्राभल कम्पनीलाई लक्षित गरी ह्याकरले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्‍याउने र चोरी गरी विदेशको टिकट इस्यू गर्ने घटना बढेको प्रहरीको भनाइ छ ।

यससम्बन्धमा टिकेटिङ गर्ने ट्राभल एजेन्सीलाई समयमै जानकारी गराउन र अनुसन्धानका सिलसिलामा प्रहरीले मागेका सूचना सम्बन्धित एयरलाइन्स र सफ्टवेयर कम्पनीसँग समन्वय गरी उपलब्ध गराउन समेत प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?