+
+

न्युयोर्क पुगेर राजेश हमालले दिए ‘सिग्नेचर पोज’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते ११:३९

काठमाडौं । अभिनेता राजेश हमाल फिल्ममा कमब्याक हुन चाहिरहेका छन् तर परिस्थिति उनको साथमा छैन । उनको हातमा यतिबेला कुनै फिल्म पनि छैन । तर हमालको व्यस्तता अहिले सक्रिय फिल्मकर्मीभन्दा ज्यादा छ । विज्ञापन, समाजसेवा, कार्यक्रमसहित पारिवारिक कर्ममै उनको दौडधुप छ ।

उनी बुधबार अमेरिकी सहर न्युयोर्क पुगेका छन् । जहाँको स्ट्याचु अफ लिबर्टीबाट उनले आफ्नो चर्चित ‘सिग्नेचर पोज’ दिए । ओहायो राज्यमा आयोजना गरिएको ‘सरप्राइज’ नामक छोटो फिल्मको प्रिमियरमा सहभागी हुन पुगेका हमाल कम्तीमा एक महिना त्यतै बस्नेछन् । यसबीचमा सुगम पोखरेलको सांगीतिक टुरमा पनि उनी पुग्नेछन् ।

त्यसपछि बीचमा नेपाल फर्किएर पुनः साउन ६ मा टेक्सासमा हुने ११ औं नेफ्टा फिल्म अवार्डमा सहभागी हुन हमाल त्यता जाने कार्यक्रम छ । डायस्पोरामा उनको व्यस्तता निकै देखिएको छ । तर घरेलु फिल्ममा फर्किन उनलाई समयले साथ दिएको छैन । उनी यसका लागि ‘उचित’ समयको पर्खाइमा छन् । तर त्यो उचित समय कहिले आउँछ टुंगो छैन ।

हमालले फिल्म निर्देशन र निर्माणमा फर्किने भनेको झण्डै एक दशक हुन लागिसक्यो । तर उनका लागि ‘उचित’ समय कहिल्यै आएन । फ्यान पनि हमाललाई पुनः फिल्ममा हेर्न चाहिरहेका छन् । बरु पछिल्लो समय हमालको रुचि राजनीतितिर बढी देखिन्छ । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले चुनावमा उम्मेदवारका लागि प्रस्ताव गरेको चर्चा पनि चलेको थियो ।

तस्वीर : राजेश हमालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?