+
+

विनोद चौधरीको असंसदीय शब्द रेकर्डबाट डिलिट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १२:१२

२५ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश गरेका छन् ।

नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्‍यो राति तब … ‘भन्ने उखान सुनाएका थिए ।

उखानका नाममा यस्तो शब्द प्रयोग भएको र संसदीय रेकर्डबाट हटाउनुपर्न माग गर्दै महिला सांसदहरुले नियमापत्ति गरेपछि सभामुख घिमिरेले रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?