+
+

नागरिकता माग्दै माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १२:३०

२५ जेठ, काठमाडौं । नागरिकताको माग गर्नेहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट बन्चित गरेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी वीरगञ्जका उत्तमकुमारले नागरिकता पाउने संवैधानिक अधिकारबाट आफूहरु बन्चित भएको बताए ।

विदेशी नागरिकहरुले सजिलै नागरिकता पाइरहेको तर आफ्नी छोरीले नागरिकता नपाएको उनले बताए । आफ्नो र आफ्नी श्रीमतीको जन्मसिद्धको नागरिकता भए पनि छोरीलाई नागरिकता नदिइएको उनको गुनासो छ ।

प्रचण्ड नेतृत्वको अहिलेको सरकारको सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसके पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कार्यान्वयनमा आउन बाँकी छ । उत्तम कुमारले न्यायालय र कानुन व्यवसायीहरुप्रति पनि आक्रोश पोखे ।

‘विद्यादेवी भण्डारीले दुई-दुई पटकसम्म नागरिकता विधेयक प्रमाणीकरण नगर्दा कानुन व्यवसायीहरु कहाँ थिए ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?