+
+

राजनीतिमा उतारचढाव आउने संकेत देखिराखेका छौं : सांसद घर्ती

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १२:५७

२५ जेठ, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले राजनीतिमा उतारचढाव आउँछ कि भन्ने संकेत देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन ।

विगतमा पनि सरकारको अर्थ विधेयकमाथिको छलफलका क्रममा यस्तो तरंग पैदा हुने गरेको र यसपटक पनि भइराखेको उनको भनाइ छ ।

‘हामीले हरेक सरकारको विधेयकहरु (अर्थ विधयक)मा छलफल गर्दा राजनीतिमा पनि उतारचढाव आउँछ कि, आउँछ कि भन्ने प्रकारले एउटा तरंग पैदा भइराखेको हुन्छ र लाग्छ यही अधिवेशनमा पनि यो कुराको संकेत हामी देखिराखेका छौं ।’

तर, यसपटक कस्तो उतारचढाव आउने संकेत देखेको हो त्यसबारे विस्तृत ब्याख्या गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?