+
+

‘रामायण’मा रामसीता बन्दै रणवीर र आलिया, रावणको भूमिकामा यश

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १२:५६

काठमाडौं । एकातिर जहाँ प्रभास र कृति सेननको ‘आदिपुरुष’ चर्चामा छ, अर्कोतिर नितेश तिवारीको फिल्म ‘रामायण’ पनि चर्चामा छ । यो फिल्मको कास्टलाई लिएर नयाँ खबर छ । यसले फ्यानमा हलचल मच्चाएको छ । ‘आदिपुरुष’मा प्रभासले रामको, कृति सेननले सीताको भूमिका निभाइरहेका छन् भने सैफअली खानले रावणको भूमिका निर्वाह गरेका छन् ।

यी तीन पात्रको कथा अब नितेश तिवारीको ‘रामायण’मा देखिनेछ । यसअघि यो फिल्मलाई तत्कालका लागि स्थगित गरिएको भनिएको थियो तर रिपोर्टका अनुसार अब ‘रामायण’को छायांकन डिसेम्बरमा सुरु हुनेछ । ‘पिंकभिल्ला’ पोर्टलका अनुसार ‘रामायण’मा आलिया भट्ट सीताको भूमिकामा देखिनेछिन् भने रणवीर कपुर रामको भूमिकामा देखिनेछन् ।

यद्यपि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । तर आलियाले कास्टिङबारे निर्देशक तिवारीसँग छलफल गरेकी छन् । जसको भिडियो पनि बाहिर आएको छ । सोही भिडियोपछि आलियालाई नितेशले सीताको भूमिकाका लागि साइन गरेको चर्चा सुरु भएको थियो ।

‘रामायण’ र यसको कलाकारको बारेमा आइरहेका विवरण अनुसार रणवीर पछिल्लो समय निर्माता कम्पनी डीएनईजीको कार्यालयमा आउने जाने गरिरहेका थिए । यो अफिसमा उनले रामायणको अपडेट लिइरहेको जनाइएको छ । भिजुअल इफेक्टको समेत व्यवस्था रहेको उक्त कार्यालयमा फिल्म ‘रामायण’को संसार कस्तो हुनुपर्छ भन्ने प्रि–भिजुअलाइजेसन गरिएको छ ।

आलियाले फिल्म ‘आरआरआर’मा सीताको भूमिका निर्वाह गरेकी थिइन् । त्यसयता फ्यानले सीताको भूमिकाका लागि उनलाई पहिलो रोजाइ मान्न थालेका छन् । अब फ्यानको यो इच्छा ‘रामायण’मा पूरा हुने भएको छ । रणवीर र आलिया विगत केही हप्तादेखि लगातार भेटघाट गर्ने अफिसको नाम ‘रामायण’ राखिएको बताइएको छ । यहींबाट नितेश तिवारी र उनको टोलीले ‘रामायण’को संसार बनाउन थालेका छन् ।

रिपोर्टका अनुसार सीताको भूमिकाका लागि आलियाको नाम पक्का भएको छ । जहाँ रणवीर भगवान राम बन्नेछन् । यसको आधिकारिक घोषणा यस वर्ष दीपावलीमा हुनेछ । योसँगै रावणको भूमिकाका लागि ‘केजीएफ’ स्टार यशको नाम पनि बाहिर आएको छ । केही महिनाअघि नितेश तिवारी र मधु मन्टेनाले रावणको भूमिकाका लागि यशसँग कुराकानी गरिरहेको खबर आएको थियो । यश यस फिल्मका लागि तयार रहेको र रावणको भूमिकामा रुचि देखाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?