+
+
Shares
कविता :

म अटाउँछु कि अटाउँदिन ?

रक्षा बम रक्षा बम
२०८० जेठ २६ गते १२:४७

तिम्रो ग्रेटर नेपालको नक्सामा

जातकै कारण मारिएका नवराज विकहरु अटाउँछन् कि अटाउँदैनन् ?

सिटामोलको अभावमा आँशु पिएर बाँचिरहेका कर्णालीवासी अटाउँछन् कि अटाउँदैनन् ?

उचित शिक्षाको अभावमा परेका सुदूरका विद्यार्थीहरु अटाउँछन् कि अटाउँदैनन् ?

छोरीको बलात्कारपछि न्यायको आशामा बसेका आमाहरु अटाउँछन् कि अटाउँदैनन् ?

मिटरब्याजको जालोमा परी अन्यायमा परेका किसानहरु अटाउँछन् कि अटाउँदैनन् ?

न्याय खोज्दै राजधानी आइपुग्ने सीमान्तकृत महिलाहरू अटाउँछन् कि अटाउँदैनन् ?

महानगरको चिल्लो सडकमा तरकारी बेचिरहेका, मकै पोलिरहेका श्रमिकहरू अटाउँछन् कि अटाउँदैनन् ?

बिहान उठ्दा शिरबाट घरको छानो हराउँछ कि भन्ने त्रासमा बाँचिरहेका सुकुमबासीहरू अटाउँछन् कि अटाउँदैनन् ?

नागरिकता नपाएर अनागरिक भएकाहरू अटाउँछन् कि अटाउँदैनन् ?

सन्तान पढाउन आफ्नो देह बेच्नेहरू अटाउँछन् कि अटाउँदैनन् ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकक्षमा राखिएको ‘ग्रेटर नेपाल’को नक्सा

सुन्दर भविष्य कल्पेर खाडी भासिएका युवाहरू अटाउँछन् कि अटाउँदैनन् ?

पितृसत्ताको जन्जालबाट उम्किन खोजिरहेका महिलाहरू अटाउँछन् कि अटाउँदैनन् ?

लोप हुँदै गइरहेका स्मारकहरु, फडानी भइरहेका हरियाली वनहरू अटाउँछन् कि अटाउँदैनन् ?

सीमानामा जंगे पिलर कुरेर बसेका मधेसी र थारूहरु अटाउँछन् कि अटाउँदैनन् ?

अल्पसंख्यक र सीमान्तकृत समुदाय अटाउँछन् कि अटाउँदैनन् ?

यदि तिम्रो ग्रेटर नेपालको नक्सामा यी सबै अटाउँदैनन् भने

माफ गर्नुहोला महोदय, हामीलाई नक्सा ठूलो भएको ग्रेटर नेपाल होइन,

मुटु ठूलो भएको बेटर नेपाल चाहिएको हो ।।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?