+
+

बीमाको क्षमता अभिवृद्धि गर्न आवश्यक छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १६:१३
फाइल तस्वीर

२६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरणमा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । काठमाडौंमा शुक्रबार ‘एसियन इन्स्योरेन्स मिट २०२३’ को शुभारम्भ गर्दै अर्थमन्त्री महतले नेपालको बीमा क्षेत्रलाई सुुधार गर्न आवश्यक रहेको बताए ।

अर्थमन्त्री महतले दिगो विकासका लागि बीमाको महत्वपूर्ण भूमिका रहने बताए । उनले सामाजिक, आर्थिक, साइबर जोखिम, वातावरणीय जोखिम न्यूनीकरणमा बीमाले काम गर्दै आइरहेको बताए । प्राकृतिक प्रकोप लगायतका जोखिम बढिरहेको सन्दर्भमा यस सम्मेलनले सहयोग गर्ने उनले बताए ।

ग्राहकहरूले सामना गर्नुपर्ने जोखिम एवम् त्यसको न्यूनीकरण गर्न उपलब्ध बीमाबारे बीमा ब्रोकरहरूले शिक्षित गर्न नसकेको भन्दै उनले नियामक निकाय र बीमा बजारको संस्थागत क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहयोगको आह्वान गरे ।

एसियाली मुलुकमा जलवायु परिवर्तनको जोखिम उच्च रहेकाले भविष्यमा हुन सक्ने आर्थिक तथा भौतिक क्षतिलाई कभर गर्नका लागि बीमा कम्पनी, पुनर्बीमा कम्पनी र ब्रोकरहरुको क्षमता बढाउन उनले सुझाव दिए । उनले डिजिटल प्लेटफर्महरू अँगालेर प्रविधिको फाइदा उठाउँदै ब्रोकरहरूलाई फराकिलो रुपमा ग्राहकहरूमा पुग्न सक्षम बनाउन आवश्यक रहेको बताए ।

बीमा क्षेत्रमा लचिलोपन निर्माण गर्न सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक रहेको उनले बताए ।

बीमा उद्योगले आम नागरिकहरूको हितको संरक्षण मात्र गर्ने नभई राष्ट्रहरूको दिगो विकासमा पनि योगदान पुर्‍याउनु पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?