+
+

गाँजा बोकेर जेल परेका युवाहरुलाई जेलमुक्त गरियोस् : महेश बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १९:०२

२६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले भरियाका रुपमा गाँजा बोकेका कारण जेल परेकाहरुलाई जेल मुक्त गर्न माग गरेका छन् ।

‘जो भरिया भएर गाँजा बोक्दै थिए । ती व्यापारी थिएनन् । हातमुख जोर्नका लागि काम गर्दै थिए ती जेलमा छन् । जेलबाट ती युवाहरुलाई, सरकारले घोषणा गरोस्– तिनिहरुलाई जेलमुक्त गरियोस् त्यो म माग गर्न चाहन्छु’, शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले भने ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

सरकारको योजनामा समर्थन जनाउँदै उनले कैयौं मानिसहरु आफ्नो घरमा थोरै थोरै गाँजा रहेको कारणले समेत जेल जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गरे ।

तर केही दिनअघि संसद बैठकमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने गाँजाको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणाको आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?