+
+

गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १९:१४

२६ जेठ, गोरखा । गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रवार एक बालकको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब पाँचबजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएका थिए । पोखरीमा डुबेर उत्रन नसकेपछि साथीहरुले हारगुहार गरेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिएको थियो ।

अस्पताल पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

मृतक गुरुङ गोरखा नगरपालिका–६ डाँडगाँउ स्थित मामाको घरमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?