+
+

सुुदूरपश्चिमका १० स्थानीय तहबीच दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणमा समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते ६:२०

२७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ ।

कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच दोदा जलाधारमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन, दीगो विकास तथा उत्थानशीलतासँग सम्बन्धी काम आपसी सहकार्यका आधारमा गर्ने समझदारी बनेको हो ।

कैलालीको चुरे गाउँपालिका र गोदावरी नगरपालिका, कञ्चनपुरको लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका, डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलीताल गाउँपालिका र परशुराम नगरपालिकाबीच यस्तो समझदारी बनेको हो ।

१० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शुक्रबार धनगढीमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर गर्दै दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धीत काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

दोदा जलाधार क्षेत्रमा सञ्चालन गरिने विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसम्बन्धी क्रियाकलापमा गैरसरकारी संस्था निड्स नेपाल कञ्चनपुर, मर्सी कोप्रस र डीपी नेट नेपालले समेत स्थानीय तहहरुसँग सहकार्य गर्ने भएका छन् ।

स्थानीय तहहरुबीच भएको समझदारी पत्रमा दोदा जलाधार क्षेत्रमा मुख्य सरोकारवालाको पहिचान गरेर प्राकृतिक स्रोत र सामाजिक तथा आर्थिक तथ्यांकको नक्सांकन, जलवायु र विपद उत्थानशीलतामा रणनीतिक काम गर्ने उल्लेख गरिएको छ ।

प्रभावित क्षेत्रका समुदायका लागि विभिन्न तालिम सञ्चालन, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि प्रविधिमैत्री बहुप्रकोप पूर्व सूचना प्रणाली स्थापना गरिने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?