+
+
Shares

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते १२:२६

२७ जेठ, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन् । उनी पाँच दिनदेखि कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।

महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । भण्डारी चढ्ने गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिए ।

उनका अनुसार भण्डारीले प्रयोग गर्ने बा१८च ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली  चिसापानीस्थित एक होटलमा पार्किङमा भेटिएको हो । गाडीमा मोवाइल पनि भेटिएको छ ।

‘मोवाइल गाडिभित्रै कपडाले बेरेर राख्नु भएको रहेछ । चाबी पनि गाडीको डिकिमै भेटियो,’ प्रहरी निरीक्षक जोराले अनलाइनखबरसँग भने, ‘उहाँ गाडीबाट निक्लियर गएको सीसीटिभीमा देखिन्छ । अहिलेसम्म उहाँको अवस्था अज्ञात नै छ, हामीले उहाँको हुलिया सार्वजनिक गरेर खोजीका लागि सबै ठाउँमा खबर गरेका छौँ।’

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले महासचिव भण्डारी सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेको बताए । भण्डारीको खोजीका लागि अध्यक्ष कँडेल पनि कैलाली पुगेका छन् । ‘हामी महासचिव ज्यूको खोजी कार्यका लागि कैलालीको अत्तरिया आइपुगेका छौं । सीसीटीभी हेर्दे आइरहेका छौं,’ महासचिव कँडेलले भने ।

भण्डारी जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेदेखि सम्पर्कविहीन भएको कँडेलले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?