+
+

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि ४ बालबालिकाको जीवितै उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते १८:४०

२७ जेठ, काठमाडौं । कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि उक्त विमानमा सवार ४ जना बालबालिका जीवितै भेटिएका छन् । उक्त विमान दुर्घटनामा दुई पाइलट र ती बालबालिकाका आमाको भने मृत्यु भएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार जीवितै उद्धार हुनेमा १३, नौ, चार र एक वर्षका बालबालिकाहरु रहेका छन् ।

मे महिनाको एक तारेखमा दुर्घटनामा परेको विमानको उद्दारका लागि सुरक्षाकर्मीसहित ठूलो समूह परिचालन गरिएको थियो । राष्ट्रपति पेट्रोले अमेजन जंगलबाट चार बालबालिकाको जीवितै उद्धार हुनुलाई जादुमयी घटना भनी टिप्पणी गरेका छन् । उनले उद्धारको बेलाको एक तस्वीर सेयर गरेका छन् । जसमा सुरक्षाकर्मी र स्थानीय आदिवासी समुदायले फेला परेका बालबालिकाको स्याहार सुसार गरेको देखिन्छ ।

एक जना उद्धारकर्ताले उद्दार गरिएकामध्ये सानो बच्चालाई बोतलमार्फत केही खुवाइरहेका छन् भने अर्का उद्धारकर्ताले अर्को बच्चालाई चम्चाले केही खुवाइरहेका छन् ।

कोलम्बियाको रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा जंगलबाट हेलिकप्टरमार्फत बालबालिकाको उद्दार गरेको देखाइएको छ । ती बालबालिकालाई राजधानी बोगटा ल्याइएको छ र एम्बुलेन्समार्फत थप उपचारका लागि अस्पताल लगिएको छ ।

उक्त विमान बालबालिका र उनीहरुका आमालाई लिएर अमेजन प्रदेशको अराराक्वारातर्फ जाँदै थियो । विहान दुर्घटनापछि दुई पाइलट र बालबालिकाका आमाको शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?