+
+

ह्वाट्सएपमा कसैले मेसेज पठाएर डिलिट गर्‍यो ? यसरी हेर्नुस् मेसेज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते ११:०८

विश्वमा दैनिक करोडौं प्रयोगकर्ताले लोकप्रिय मेसेजिंग एप ह्वाट्सएप चलाउँछन् । सुरक्षित र सरल मेसेजिंग एपको रुपमा रहेको ह्वाट्सएपमा प्रयोगकर्ताको सुविधाका लागि विभिन्न फिचरहरु उपलब्ध गराएको छ । त्यसमध्ये मेसेज डिलिट गर्ने फिचर पनि एक हो । ह्वाट्सएपमा आफूले कसैलाई पठाएका मेसेजहरु प्रापकले समेत हेर्न नसक्ने गरी डिलिट गर्न सकिन्छ । यसरी डिलिट गरिसकेपछि प्रापकको च्याटबक्समा सो मेसेज देखिँदैन र केवल मेसेज डिलिट गरेको भन्ने संकेत मात्र देखापर्छ ।

मेसेज हेर्न नपाउँदै कसैले मेसेज डिलिट गरेको कुरा थाहा पाउँदा असहज लाग्न सक्दछ । यसले पठाउने र पाउने दुवै जनालाई नै अप्ठेरोमा पार्न पनि सक्दछ ।

आफूलाई कसैले पठाएर डिलिट गरिसकेको ह्वाट्सएपमा मेसेजमा के होला भनेर जान्ने चाहना धेरैको हुनसक्छ । यदि त्यो चाहना तपाईंको पनि छ भने स्मार्टफोनमा एउटा सुविधा उपलब्ध छ जसको सहयोगमा तपाईंले डिलिट गरिएको मेसेज पनि देख्न सक्नुहुन्छ ।

नोटिफिकेसन हिस्ट्र 

आजकल सबैजसो स्मार्टफोनमा Notification History  अर्थात् Notisave नामको फिचर हुन्छ । यसले नोटिफिकेसनहरुलाई सुरक्षित रुपमा संग्रहित गर्दछ ।

वास्तवमा यो फिचरले तपाईंको फोनमा आउने सबै नोटिफिकेसनलाई रेकर्ड गर्दछ । यदि मेसेज पठाएर कसैले पछि डिलिट गर्‍यो भनेपछि यो अप्सनमा गएर तपाईंले डिलिट गरिसकेको सो मेसेज पढ्न सक्नुहुन्छ । यो फिचरले ह्वाट्सएपसँगै इन्स्टाग्राम र अन्य सोसल मिडिया एपहरुका लागि काम गर्दछ ।

कसरी प्रयोग गर्ने ?

यदि तपाईंलाई कसैले ह्वाट्सएपमा मेसेज गर्‍यो र तपाईंले पढ्नु अगाडि नै डिलिट गर्‍यो भने तपाईंले सो मेसेज पढ्नका लागि यो  को प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो फोनमा नोटिफिकेसन हिस्ट्री अप्सनलाई चालू गर्नुपर्दछ । जसका लागि फोनको Settings मा गएर Notifications and Status Bar  अप्सनमा ट्याप गर्नुहोस् ।

त्यसपछि More Settings  अप्सनमा जानुहोस् । त्यहाँ रहेको Notification History मा ट्याप गर्नुहोस् र त्यसलाई सक्रिय बनाउनुहोस् ।

त्यति गरेसँगै अब तपाईंको फोनमा आउने सबै नोटिफिकेसनलाई Notification History फिचरले रेकर्ड गर्नेछ । जसलाई खोलेर तपाईंले प्राप्त भएका मेसेज गायतका कुराहरु हेर्न सक्नुहुन्छ ।

त्यसका लागि Notification History अप्सनमा गएर ह्वाट्सएप च्याटमा ट्याप गर्नुपर्दछ । यसबाट केवल टेक्स्ट मेसेज मात्र हेर्न सकिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?