+
+

डा.नारायण खडका र अष्ट्रियाका पूर्वराष्ट्रपति हाईन्ज फिसरबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते २०:०४

२८ जेठ, काठमाडौं। हाल युरोपको भ्रमणमा रहेका पूर्वपरराष्ट मन्त्री एवम् संघीय सांसद डा.नारायण खडकाले अष्ट्रियाका पूर्वराष्ट्रपति हाईन्ज फिसरसँग भेट गरेका छन्।

भेटमा पूर्वराष्ट्रपति फिसरले नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री विपी कोइरालालाई त्यससमयमा अष्ट्रियाका सोसलिष्ट पार्टीका अधक्ष्यको (जो वीपीका मित्र थिए) अनुरोधमा आफूले भीयना एयरपोर्टबाट घरमा राखेको कुरा स्मरण गरे।

भेटमा डा. खडकाले वीपी कोईरालाको सरकारको समयमा स्थापित दुई पक्षीय सम्बन्ध विस्तारका लागि पर्यटन, जल विद्युत तथा पर्यावरण को संरक्षणमा सहयोग गर्न अनुरोध गरे।

साथै सन् १९९८ मा वन्द भएको अष्ट्रियन एयरलाइन् लाई पुन: चालु गर्न अष्ट्रियाको सरकारलाई अनुरोध गरिदिन पनि आग्रह गरे ।

जवाफमा पूर्वराष्ट्रपति फिसरले युक्रेनको संकट र युरोपीको सुरक्षा आदि विषयमा ऐतिहासिक दृष्टान्तका साथ निकै रोचक घटनाहरु उल्लेख गरे।

पूर्वराष्ट्रपतिले आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै नेपालका लागि उठाईएका विषयहरुमा आफ्नो सरकार संग अनुरोध गरी दिने आश्वासन दिए। भेटमा अष्ट्रियाका लागि नेपाली राजदूत भरत रेग्मी पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?