+
+

आफैं कोर्स डिजाइन गरेर एमबिए पढाउन थाले मिनेन्द्र रिजालले

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते २०:२८

२८ जेठ, काठमाडौं । कांग्रेस नेता मिनेन्द्र रिजालको पहिलो अभिरुचि राजनीति नभई प्राध्यापन रहेछ । १९ वर्षपछि विश्वविद्यालयको कक्षाकोठामा फर्किदा उनले आफ्नो प्राथमिक चाहनाबारे खुलस्त सुनाए ।

पोखरा विश्वविद्यालय अन्तर्गतको एपेक्स कलेजमा रिजालले आइतबारदेखि एमबिएका विद्यार्थीलाई बिजनेस एडमिनिस्ट्रेसन पढाउन थालेका हुन् । उनी यसै विषयका पिएचडी हुन् ।

‘राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई थुनेपछि पढाउन छाडेको थिएँ, आज फेरि कक्षामा फर्केको छु,’ अनलाइनखबरसँग रिजालले भने, ‘कक्षामा पाइने आनन्द छुट्टै छ ।’ यसको मतलब आफू सक्रिय राजनीतिबाट टाढा नरहेको उनले स्पष्ट पारे ।

एपेक्सका संस्थापक तथा अध्यक्ष समेत रहेका रिजालले आफूले पढाउने कोर्सको डिजाइन आफैं गरेका छन् । त्यसमा उनले बिजनेस एन्ड इकोनोमिक्स अन्तर्गत नवउदारवाद, अर्थशास्त्रको वित्तीयकरण, आर्टिफिसियल इन्टेलिजेन्स र अर्थतन्त्रमा यसको प्रभाव, राजनीतिमा लोकप्रियतावाद र सार्वजनिक नीतिनिर्माणले त्यसले पार्ने असर, अर्थतन्त्रमा उदाइरहेका महिलाहरु, जलवायु परिवर्तन र आर्थिक पाटो लगायत विषय पढाउनेछन् ।

कक्षा हरेक साताको आइतबार दुई घन्टा चल्ने उनले जानकारी दिए ।

कक्षामा पूर्वविद्यार्थी तथा प्राध्यापकहरु समेत बस्न सक्ने गरी तयारी गरिएको छ । फेसबुकमा उनले पहिलो कक्षाका केही तस्बिर साझा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?