+
+
Shares

गेटामा मेडिकल विश्वविद्यालय नै बनाउने हो : मन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १३:०६

२९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् ।

सोमबार कञ्चनपुर-२ का नेपाली कांग्रेसका नेताहरुसँग परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उनले गेटामा स्थानीय वासिन्दाको चाहना अनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका हुन् ।

‘प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरु मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो’, साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले भने, ‘मन्त्रीज्यू प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिवद्ध छ भन्नुभयो ।’

भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि दाबी गरे । ‘क्याबिनेटबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको छ’, जोशीले मन्त्री साउदको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै क्याविनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो।’

भेटमा सहभागी पूर्व क्षेत्रीय सभापति दलबहादुर बोहराले मन्त्री साउदले गेटामा प्रतिष्ठान नभई विश्वविद्यालय नै बनाउन सरकार प्रतिवद्ध रहेको जवाफ दिएको बताए ।

‘गेटामा विश्वविद्यालय स्थापना गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको समाचार पढेका थियौँ। पछि प्रतिष्ठान बनाउने भन्ने कुरा आयो’, उनले भने, ‘यसबारे मन्त्रीज्यूसँग छलफल भयो । उहाँले प्रतिष्ठान होइन, विश्वविद्यालय नै बन्ने कुरा गर्नुभयो । यसमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?