+
+

५ असारदेखि थ्रीस्टार हाइड्रोपावरको आईपीओ आउँदै 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १४:१३

२९ जेठ, काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले ५ असारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड १३ लाख १६ हजार २०० रुपैयाँ बराबरको ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबोट जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशतले हुने १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये कम्पनीले ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिसकेको छ । बाँकी रहेको ७ लाख ३८ हजार ७५० कित्ता सेयर मध्ये १० प्रतिशतले हुने ७३ हजार ८७५ कित्ता वैदेशीक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरीसकेको छ ।

यस्तै ३६ हजार ९३८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन सकिनेछ । उक्त आईपिओमा छिटोमा ८ असारसम्म र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि १९ असारसम्म थप हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले खोटाङमा ६.६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्मााण सम्पन्न गरी २३ पुस २०७८ देखि व्यावसायिक उत्पादन सुरू गरेको छ । आयोजनको अनुमानित लागत १ अर्ब ३९ करोड रूपैयाँ र अनुमानित प्रतिमेगावाट लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?