+
+
Shares

नागरिकता सच्याउने ९० वर्षीय वृद्धलाई १० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १५:५४

२९ जेठ, गोरखा । नागरिकता प्रमाणपत्रमा उमेर सच्याएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले ९० वर्षीय एक वृद्धलाई कारबाही गरेको छ ।

बारपाक सुलिकोट गाउँपालिका-७ का छन्दप्रसाद पाण्डेले नागरिकतामा उल्लिखित आफ्नो जन्ममिति सच्याएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

‘नागरिकता प्रमाणपत्रमा जन्ममिति १९९० उल्लेख भएको रहेछ तर उनले त्यसलाई केरमेट गरेर १९८३ बनाएछन्’, उनले भने, ‘हामीले दश हजार जरिवाना गरायौँ। जन्म मिति सच्याएर राज्यकोषबाट के कति सुरक्षा भत्ता रकम लिए सो रकम सम्बन्धित पालिकाबाट असुल उपर गर्न भनेका छौँ।’

जिल्ला प्रशासन कार्यालयले बारपाक सुलीकोट गाउँपालिकालाई पत्राचार गरी पाण्डेले नागरिकता सच्याएर राज्यकोषबाट कति रकम भत्ता लिए भन्ने विवरण मागेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?