+
+

पनौतीका पाँच विद्यालयमा घुम्ती पुस्तकालय बुक बसको कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १४:२३

काठमाडौं । अमेरिकी दूतावासको सहयोगमा सतोरी सेन्टर फर द आर्टस्द्वारा सञ्चालित बुक बसले काभ्रेको पनौतीका विद्यालयमा शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सुरु गरेको छ ।

नदी र वरिपरिको वातावरणबारे विद्यार्थीहरुलाई रुचि बढाउन मंगलबारदेखि पनौतीका विभिन्न विद्यालय र पुस्तकालयमा सुरु गरिएको शैक्षिक, सांस्कृतिक तथा कलात्मक कार्यक्रम असार ९ गतेसम्म चल्ने बुक बसले जनाएको छ ।

पनौतीका पाँच विद्यालय र एउटा पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुनेछन् । जेठ ३० र ३१ गते पनौती आधारभूत विद्यालय, जेठ ३२ र असार १ गते पुण्य हाईस्कुल। असार ३ र ४ गते इन्द्रेश्वर मावि, असार ५ र ६ गते सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, असार ७ र ८ गते सामुदायिक बोर्डिङ स्कुल र असार ९ गते ज्ञान विकास सामुदायिक पुस्तकालयमा कार्यक्रम तथा प्रदर्शनी हुनेछ ।

कार्यक्रममार्फत विद्यार्थी तथा समुदायमा पठनपाठनप्रति अभिरुचि वृद्धि गर्ने, सिर्जनात्मक सोच विकास गर्ने बुक बसले विश्वास लिएको छ । कार्यक्रमअन्तर्गत स्टीम कार्यशाला, पुस्तक पठन तथा कथा वाचन, प्रदर्शनी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?