+
+

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १८:४८

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा ३१ जेठको दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदले प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गर्न प्रदेशसभालाई निर्देशनसमेत दिएको छ ।

कोशीमा नेकपा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टी बाहिरिएको छ । त्यसैले हिक्मत कार्की नेतृत्वको सरकार हाल अल्पमतमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?