+
+

३७० को कपाल काट्न जाँदा एक लाख ८५ हजारको बिल, ऋण काढेरै युवकले तिरे पैसा

एजेन्सी एजेन्सी
२०८० जेठ ३२ गते ९:०६

एक जना युवक आफ्नो कपाल कटाउनका लागि सैलुनमा गए । त्यहाँ उनले करिब ३७० रुपैयाँ तिर्ने गरी कपाल काट्न गएका थिए । तर, उनलाई एक लाख ८५ हजार रुपैयाँ बराबरको रकमको बिल थमाइयो । बिल देखेर ती युवकको होस उड्यो । कपाल काटेको त्यो रकम तिर्नका लागि उनीसँग पैसा थिएन ।

सैलुन पनि के कम उसले ऋण खोजेरै भए पनि आफ्नो बिल चुक्ता गर्न ती युवकमाथि दबाब दियो । अन्ततः युवकले लोन लिएर नै आफ्नो कपाल काटेको एक लाख ८५ हजार रुपैयाँ तिरे ।

साउथ चाइना मर्निंग पोष्टका अनुसार यो घटना चीनको झेंगजियांग प्रान्तको हांग्जो सहरमा भएको हो । ली नामका ती युवक एउटा रेष्टुरेन्टमा काम गर्दथे । रेष्टुरेन्टमा उनलाई एकजना साथीले २० युआन अर्थात् करिब ३७० रुपैयाँको गिफ्ट कुपन दिएका थिए । सोही २० युआनको कुपनले बिजिक्सिंग सैलूनमा सामान्य रुपमा कपाल काट्न पुग्दथ्यो ।

तर जब उनी सैलुन पुगे तब हेयरकटभन्दा अगाडि टाउकोको मसाज इत्यादि गरिने बताइयो । त्यसपछि उनलाई फेसप्याक पनि लगाइयो जसको शुल्क करिब ८ सय थियो । त्यसपछि सैलुनले करिब पाँच हजार युआनको गिफ्टकार्ड पनि खरिद गर्न लगायो । त्यसक्रममा उनको आँखाबाट चस्मा हटाइएको थियो जसका कारण उनले ती सबै कुराको मूल्य सूची पढ्न पाएनन् । यी सबै काम गरिरहँदा उनलाई अन्तिममा सबै छुट हुने बताइएको थियो ।

कपाल काट्नका लागि गएका ली को टाउकोमा सैलुनमा विभिन्न खालका प्रडक्ट लगाइदिने काम भयो । मसाज, फेसियल तथा हेयरकट जस्ता सबै काम गरिसकेपछि उनलाई बिल दिइयो । बिल हेर्दा त ली बल्ल झसँग भए । किनकि बिलको रकम त करिब दुई लाख रुपैयाँ पुगिसकेको थियो जबकि उनीसँग केवल ३७० रुपैयाँ मूल्य बराबरको गिफ्ट कार्ड मात्रै थियो ।

लीले आफूसँग त्यतिधेरै पैसा नरहेको बताए । तर सैलुनले मान्नेवाला थिएन । उनीमाथि ऋण लिएर भए पनि पैसा तिर्न दबाब दियो । कुरा नमिलेपछि ली को मोबाइलका साथै क्रेडिट एपबाट करिब ९० हजार रुपैयाँ बराबरको रकम लोन लिएर उक्त बिल बराबरको रकम चुक्ता गरे ।

ली का अनुसार सैलूनमा गएपछि उनलाई सुरुमा कुर्सीमा बसाइयो । कपाल कटाइको नाममा मसाज, फेसियल तथा थरीथरीका प्रडक्ट कपालमा लगाइदिए ।

कपाल काट्दा चश्मा हटाइएकाले उनले दररेट देख्न पाएनन् । आफूले बारम्बार मूल्यसूची माग्दा पनि नदिइएको उनको गुनासो छ ।

छुटको लोभ लेखाएर करिब दुई लाख बिल पुर्‍याइयो । तर जब तिर्ने बेलामा पैसा छैनभन्दा सैलुनका कामदारहरुले घेरेर धम्की दिन थाले । त्यसपछि उनको मोबाइल खोसेर त्यसको एपबाट लोन लिएर बिलको पैसा लिएरै छाडे ।

उक्त घटनापछि स्थानीय प्रशासनले उक्त बेजिक्सिंग हेयर सैलुन बन्द गराएको छ र घटनाको अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?