+
+

प्रदेश प्रमुखले जारी गरे बजेट अध्यादेश, आजै सार्वजनिक गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १३:०८
प्रदेश प्रमुख परशुराम खापुङ । फाइल फोटो

३२ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेका छन् ।

आजै बजेट सार्वजनिक गर्ने तयारी छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार आजै बजेट सार्वजनिक गर्ने तयारी छ ।

माओवादी केन्द्रको समर्थन फिर्तापछि अल्पमतमा परेको सरकारको नीति तथा कार्यक्रम बुधबार मात्र प्रदेशसभामा पेश भएको थियो । तर साँझ अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?