+
+

९ मंसिरमा सुरु हुनेछ नेपाल सुपर लिग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १४:५२
पहिलो सिजनको उपाधिका साथमा काठमाडौं रेजर्स एफसी ।

काठमाडौंं । नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार दोस्रो सिजनको मिति घोषणा गरेको हो । जसअनुसार लिग ९ मंसिरमा सुरु हुनेछ र २१ पुसमा सकिनेछ ।

पहिलो सिजनको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो ।

एनएसएल फुटबल आयोजनाको सबै अधिकार दिए वापत अखिल नेपाल फुटबल ‌संघ एन्फाले नेपाल सुपर लिग एनएसएल फुटबल आयोजनाबाट ८ वर्षमा १७ करोड २१ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले यो रकम एन्फालाई दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?