+
+

भाइचुङ भुटियाले गरे एनएसएल २०२३ को ट्रफी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १७:५७

१३ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को विजेता पाउने ट्रफी सार्वजनिक भएको छ । भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियाले शुक्रबार दशरथ रंगशालमा एनएसएलको ट्रफी सार्वजनिक गरेका हुन् ।

भुटियासहित नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु, अभिनेता दयाहाङ राई, एनएसएलका आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अध्यक्ष आश्रयता कार्की चौधरी र निर्देशक श्रेयांश कार्की उपस्थित थिए ।

दक्षिण एसियाका स्टार भुटिया २६ वर्षपछि नेपाल आएका हुन् । यसअघि उनी सन् १९९७ मा फुटबल खेल्न नेपाल आएका थिए । २६ वर्षपछि नेपाल आउन पाउँदा खुशी लागेको र नेपालमा धेरै कुरा परिवर्तन भएको उनले बताए ।

एनएसएल २०२३ को फाइनलमा शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

एनएसएलको दोस्रो संस्करणमा कूल ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा स्थान बनाएको हो ।

यस्तै ललितपुरले दोस्रो क्वालिफायरमा पोखरा नै अतिरिक्त समयमा पराजित गर्दै फाइनल पुगेको हो ।  विजेताले ट्रफी र नगद ७० लाख पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले नगद २० लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?